Comments Add Comment

भक्तपुरको मेयरमा पूर्वसभासद सुनिल प्रजापतिको उम्मेदवारी

उम्मेदवारी दर्ता गर्न जाँदै सुनिल प्रजापति

१९ बैशाख, भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति मेयरको उम्मेदवार बनेका छन् । उनी पूर्वसभासद समेत हुन् ।

प्रजापति नेमकिपाका केन्द्रीय सचिवसमेत हुन् ।

पहिलो संविधानसभा निर्वाचनमा प्रजापतिले भक्तपुर क्षेत्रनम्बर २ मा माओवादीका देवेन्द्र श्रेष्ठ ‘दिवाकर’लाई हराएर सभासद निर्वाचित भएका थिए । तर, दोस्रो संविधानसभा निर्वाचनमा भने कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित भएका थिए ।

उम्मेदवारी दर्तापछि उनले भने, ‘म पार्टीको कार्यकर्ता हुँ । पार्टीले विगतमा सभासद उठ् भन्यो उठें । अहिले मेयरमा उठ् भन्यो उठें ।’

विगतमा स्थानीय तह नहुँदा पनि आफूहरुले धरै काम गरेको भन्दै उनले यसपटक अधिकार सम्पन्न भएकाले झन् धेरै काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment