+
+

जाजरकोटका मतदान केन्द्रमा टेलिफोन समस्या

रासस रासस
२०७४ वैशाख २० गते १२:३६

२० वैशाख, जाजरकोट । यहाँका अधिकांश मतदान केन्द्रमा टेलिफोनको पहुँच नहुँदा समस्या भएको छ । जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकामा प्रभावकारी सञ्चार सेवा नहुँदा समस्या भएको हो ।

मतदान केन्द्र अति दुर्गममा भएकाले सजिलै सञ्चार सेवा उपलब्ध हुन नसकेको हो । ७७ मतदानस्थलमध्ये ४० भन्दा बढी स्थलमा प्रभावकारी सञ्चार सेवा नभएको गुनासो स्थानीयवासीले गरेका छन् ।

नेपाल टेलिकमका टावरले अग्लो ठाउँमा मात्र काम गर्ने तर गहिरो, खोँच, कोल्टे परेको ठाउँमा काम नगर्दा समस्या भएको निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् । सुरक्षा तथा छिटोछरितो खबर आदानप्रदान गर्नका लागि टेलिफोन सेवा अनिवार्य भएपनि यहाँका दूरदराजका मतदानस्थल तथा गाउँपालिकामा फोन नहुँदा समस्या भएको नेकपा (माओवादी केन्द्र) वारेकोट गाउँपालिका प्रमुखका उम्मेदवार तिलक रावलले बताए ।

फोन नहुँदा कार्यकर्ता, जनतासम्म प्रभावकारीरुपमा कुरा हुन नपाएको उनले बताए । यता नेपाल टेलिकमले प्रविधिकलाई टावरको क्षमता वृद्धिका लागि गाउँगाउँमा खटाउने तयारी भएको बताएको छ ।

अधिकांश ठाउँमा नयाँ टावर निर्माण गर्नुपर्ने भएकाले अलि समय लाग्ने टेलिकमको भनाइ छ । जिल्ला सदरमुकामभित्र नै टेलिफोनको राम्रो पहुँच नभएको स्थानीवासीयको गुनासो छ । गाउँगाउँमा विद्युत् नभएका कारण सोलारको माध्यमबाट टावर सञ्चालन गर्दा समस्या भएको टेलिकमको भनाइ छ । गाउँगाउँमा खटिएका कर्मचारीले टेलिफोन सम्पर्क गर्न समस्या भएको भन्दै गुनासो गर्ने गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?