+
+
Shares

राजधानीकै विद्यालयबाट ५ विद्यार्थीको रहस्यमय अपहरण, कारण खुल्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ७:२२

२१ वैशाख, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेका छन् । स्कुल लाग्नु केही मिनेटअघि विद्यालयको  कम्पाउन्डबाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए ।

मुखमा माक्स र हातमा पन्जा लगाएर आएका तीन जना अपहरणकारीले उनीहरुलाई चौरबाट मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमूल पुर्याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दीपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेको नेपाल समाचारपत्रमा खबर छ ।

तर, स्थानीयबासिन्दाले अपहरणमा परेका बालबालिकालाई मुक्त गराएका छन् । प्रहरीले सामान्य परिवारका ती बालबालिका किन अपहरणमा परे भन्नेबारे केही खुल्न नसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?