+
+

प्रेमिका यूलियालाई दबंग ३ मा खेलाउने सलमानको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ९:४६

बलिउडका सुपरस्टार सलमान खान यतिबेला रोमानियाली अभिनेत्री युलिया वन्तुरसँगको प्रेममा चुर्लुम्मै डुबेका छन् । युलियाको लागि उनी जे पनि गर्न तयार हुन्छन् ।

सलमानले अब आफ्नो रियल लाइफमा मात्र होइन, रिल लाइफमा पनि यूलियासँग रोमान्स गर्ने तयारी गरेका छन् । आफ्नो आगामी फिल्म ‘दबंग ३’ मा उनले प्रेमिकालाई मौका दिन लागेका हुन् । यद्यपि यसको आधिकारिक पुष्टी भइसकेको छैन ।

दबंग ३ मा दुई जना हिरोइन हुने बताइएको छ । प्रमुख हिरोइनका लागि सोनाक्षी सिन्हालाई अनुवन्ध गरिसकिएको छ । यूलियाले दोस्रो हिरोइनको रुपमा मौका पाउन सक्नेछिन् । यस विषयमा सलमानले यूलियालाई प्रस्ताव राखिसकेको र यूलियाले सहजै स्वीकारेको फिल्म फेयरले जनाएको छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?