+
+

मेरो भोट सदुपयोग हुन्छ जस्तो लाग्दैन : प्रियंका कार्की

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते ११:३२

दोस्रो संविधानसभा निर्वाचनमा मतदान गरेकी नायिका प्रियंका कार्की यसपाली पनि मतदान गर्ने योजनामा छिन् । निर्वाचनको दिन मतदानकै लागि समय छुट्याउने योजनामा रहेकी प्रियंकालाई आफ्नो मतको सही सदुपयोग हुन्छ जस्तो लाग्दैन ।

‘म भोट त दिन्छु तर, मेरो भोटको सहि सदुपयोग हुने कुरामा आशावादी छैन ।’ अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

लोडसेडिङमा राहतको अनुभुति भएपनि सडकमा हिड्दा युद्धमा गएजस्तो अनुभुति गरेको उनले बताइन् । हरेक चुनावमा भोट माग्न आउनेहरुले उनको टोल छिमेकमा भएको समस्या समाधान गर्ने आश्वासन दिने गरेका छन् । तर, उनले आश्वासन पुरा गर्ने मान्छे अहिलेसम्म भेटेकी छैनन् । प्रियंका भन्छिन्-‘हाम्रोमा बोलेको कुरा पूरा गर्नुपर्छ भन्ने संस्कार नै छैन ।’

काठमाण्डौको सडक बेहाल भएको टिप्पणी गर्ने प्रियंकाले स्वास्थ्य सेवा, विद्यालयलगायत धेरै कुरा बर्दबा भएको अनुभव गरेकी छिन् । शिक्षा र स्वास्थ्य जस्तो सेवा नै गतिलो नभएपछि चलचित्र क्षेत्रका लागि केही राम्रो हुन्छ जस्तो उनलाई लाग्दैन ।

‘शिक्षा स्वास्थ्य जस्तो आधारभुत कुरा त भएको छैन । सिनेमालाई राम्रो हुन्छ भनेर म कसरी सोचौं ?’ प्रियंकाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?