+
+
Shares

ऋचा र म उस्तै हौँः नीशा

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते १०:४३


बिहिबार बेलुकी काठमाण्डौमा आयोजित चलचित्र ‘आधा लभ’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका निशा अधिकारीलाइ पनि देखेपछि पत्रकारहरु छक्क परे । किनकी, नायिका ऋचा शर्माले निर्माण गरेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नीशा किन पुगिन् भनेर प्रश्न उठ्नु स्वभाविक हो ?

तर, आफ्नो बोल्ने पालो आएपछि नीशाले यो कुराको जवाफ दिइन् । नीशाले भनिन्-‘ऋचा शर्मा प्रोडक्शनको चलचित्रको कार्यक्रममा नीशा किन भन्ने तपाइहरुलाइ लागेको होला ? तर, यो मेरो पनि चलचित्र हो । म र ऋचा उस्तै हौँ ।’

नीशाले आफू पनि चलचित्र निर्माणमा लागेकाले सुरुवातदेखि नै कसरी काम गर्नुपर्ने रहेछ भनेर सिक्न आएको बताइन् । ऋचा र नीशाले आफूहरु एक नै हौँ भन्दै निकट सम्बन्ध दर्साएका छन् । अब, नीशाको चलचित्रको प्रचारमा ऋचाले कती साथ दिने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?