Comments Add Comment

परराष्ट्रमन्त्री डा. महत नयाँ दिल्लीमा, भारतीय समकक्षीसँग आजै भेट्ने

फाइल तस्वीर

२२ बैशाख, नयाँदिल्ली । सिंगापुरको दुई दिने भ्रमणपछि परराष्ट्रमन्त्री प्रकाशशरण महत शुक्रबार भारतीय राजधानी नयाँदिल्ली पुगेका छन् ।

दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको सम्मेलनको उद्घाटनका लागि महत त्यहाँ पुगेका हुन् । सम्मेलन आजै साँझदेखि सुरु हुनेछ ।

मन्त्री डा.महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच आज अपरान्ह नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम रहेको बताइएको छ ।

दुईदिने सम्मेलनको परराष्ट्रमन्त्री डा.महत र भारतीय विदेशमन्त्री सुषमा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्नेछन् ।

विदेशी लगानीको विशेष सुरक्षा गर्छाैँ- परराष्ट्रमन्त्री

यसअघि सिंगापुरस्थित अवैतनिक महाबाणिज्यदूताबासमा आयोजित नेपालको पर्यटन, ब्यापार तथा लगानीसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा. महतले नेपालमा विदेशी लगानीको विशेष सुरक्षाको प्रत्याभूति दिइने बताए ।

सिंगापुरका उद्योगी व्यवसायी, आर्थिक तथा कूटनीतिक क्षेत्रका व्यक्तित्व, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु सहभागीसम्मेलनमा मन्त्री डा.महतले नेपालमा जलश्रोत, पूर्वाधार विकास, पर्यटन,कृषि, सूचना प्रविधी लगायतका कैयौँ क्षेत्रमा लगानीको अवसर रहेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment