+
+
Shares

एमालेको अगुवाईमा संसदमा नाराबाजी, महाअभियोग माथि छलफल हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २२ गते १४:१६

२२ बैशाख, काठमाडौं । नेकपा एमालेका अगुवाईमा विपक्षी दलका सांसदहरुले व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।

शुक्रबार दोस्रो पटक बसेको संसद बैठकमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो ।

बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरे तर, सभामुखले महाअभियोग प्रस्तावका प्रस्ताव मीन विश्वकर्मालाई प्रस्ताव पेश गर्न समय दिइन् । कांग्रेस सांसद मीन विश्वकर्मा अघि बढ्न खोजेका थिए तर, विपक्षी सांसदहरुले उनलाई रोके ।

प्रस्तावक नै रोष्टममा जान नपाएपछि सभामुख ओनसरी घर्ती मगरले विपक्षीलाई आसन ग्रहण गर्न आग्रह गरिन् ।

विपक्षी सांसदहरुको लगातारको नाराबाजीपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
यसअघि शुक्रबारको पहिलो बैठकमा एमालेको नाराबाजीबीच महाअभियोग प्रस्तावमाथि छलफल गर्ने समय तोकिएको थियो ।

कार्यशैली स्वेच्छाचारी काम गरेको भन्दै सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध बैशाख १७ गते संसदमा महाअभियोग दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?