Comments Add Comment

४० तोला सुनसहित त्रिभुवन विमानस्थलबाट उपसचिव समातिए


२२ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको अवैध सुनसहित उपसचिव किशोर कुमार खत्रीसहित २ जना पक्राउ परेका छन् । उनीहरु ४६६ ग्राम अर्थात ४० तोला सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

खबीसँगैकतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका मनिष रिमाल पनि पक्राउ परेका छन् । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी हुन् ।

तस्कर रिमालले ल्याएको सुन खत्रीले विमानस्थलकै अध्यागमन बेल्टमानै रिसिभ गरेका थिए । भन्सारका कर्मचारीले नै उनको हरकत देखेपछि सुराकी गरिएको थियो । अाशंकाका आधारमा पछ्याउँदा एराइभल एक्सरे मेसिनमा उनी समातिएका प्रहरीले जनाएको छ ।

विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुममा काम गर्ने उनी आठौं तहका कर्मचारी हुन् । भन्सारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment