+
+

आमिरले अर्को फिल्ममा पनि चान्स दिए ‘छोरी’लाई

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २४ गते ९:००

फिल्म दंगलबाट आफ्नो करिअर सुरु गर्ने अभिनेत्री फातिमा सना शेखलाई आमिर  खानले अर्को मौका दिएका छन् । आमिरको आगामी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा फातिमाले अभिनय गर्ने पक्का भएको छ ।

यस फिल्मका लागि श्रद्धा कपूरको नाम पनि चर्चामा थियो । यसैगरी आलिया भट्टले बाजी मार्न सक्ने अनुमान पनि गरिएको छ । तर, अब सबै चर्चा र अनुमानहरुलाई मत्थर पार्दै फातिमाले फिल्ममा खेल्ने यशराज फिल्म्सले पुष्टी गरेको छ ।

केही दिन अगाडि फातिमाले यस फिल्मका लागि लुक टेस्ट पनि दिएकी थिइन् । स्मरणीय के छ भने उनले बाल कलाकारका रुपमा कमल हसनको फिल्म ‘चाची ४२०’ मा पनि काम गरेकी थिइन् । अब उनले आमिर खान र अमिताभ बच्चनसँगै काम गर्ने सुनौलो मौका पाएकी छिन् ।

ठग्स अफ हिन्दोस्तानको सुटिङ यसै वर्षको जूनमा सुरु हुनेछ र यो फिल्म अर्को वर्षको दिवालीमा रिलिज हुन सक्ने बताइएको छ । यो फिल्मको कथा हलिउड फिल्म पाइरेट्स अफ द क्यारेबियनमा आधारित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?