Comments Add Comment

४९ हजार ३३७ उम्मेदवार चुनावी मैदानमा

२५ बैशाख, काठमाडौं । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

३ वटा प्रदेश अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा चुनाव हुँदैछ । निर्वाचन आयोगका अनुसार बैशाख १९ गते उम्मेदवारी दर्ता गराई बैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरुका संख्या ४९ हजार ३३७ रहेको छ ।

जस अनुसार पुरुषको संख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ छ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत रहेका निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment