Comments Add Comment

स्ट्यान्डर्ड चार्टर्डको भयो सेयर बाँडफाँट

२५ बैशाख, काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको एफपिओ सोमबार बाँडफाँट भएको छ। बैंकको सेयरमा १ सय ४० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट र १ सय ५० भन्दा माथिलाई ६.३८ प्रतिशतका दरले समानुपातिक रुपमा बाँडफाँट गरिएको हो।

बैंकको सेयरमा कुल २ लाख २१ हजार ६ सय १३ जनाको आवेदन परेको थियो ।

बैंकले प्रिमियम मूल्य सहित प्रतिकित्ता सेयर १ हजार २ सय ९० रुपैयाँमा जारी गरेको थियो। बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता सेयर निष्कासन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment