Comments Add Comment

राइजिङ क्रिकेट वुमन काठमाडौंले जित्यो अत्तरिया कपको उपाधि

२६ बैशाख, धनगढी । विभागीय टोली एपीएफलाई पराजित गर्दै राइजिङ क्रिकेट वुमन काठमाडौंले अत्तरिया कप क्रिकेटमा उपाधि जितेको छ । उपाधिसँगै उसले नगद २ लाख हात पारेको छ भने उपविजेता एपीएफले १ लाखमै चित्त बुझाएको छ ।

अत्तरीयास्थित एपीएफको खेल मैदानमा टस जितेर पहिले व्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर१ सय ५२ रन बनायो । उसका लागि अलराउण्डर विदेशी खेलाडी पूजा निमाभाटले ३८ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३७ रन बनाइन् ।

त्यस्तै सहनवाज प्रविण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती विडारीले समान १३/१३ रन बनाए । एपिएफकी सरिता मगरले ४ ओभरमा २९ रन खचिर्ँदै ३ विकेट लिइन् ।

१ सय ५३ रनको विजय लक्ष्य पछ्याएको एपीएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी पूजा पाण्डेले ४२ बलमा ४८ रन बनाए पनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् । करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाइन् ।

एपिएफलाई सस्तैमा समेट्न राइजिङ क्रिकेट वुमन काठमाडौंकी पूजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन् ।

प्रतियोगितामा १ सय ७ रन बनाउँदै ११ विकेट लिएकी राइजिङ क्रिकेट वुमन काठमाडौंकी पूजा निमाभाट उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २५ हजार रुपैयाँ पनि हात पारेकी छन् । राइजिङकै शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर भइन् भने विभागिय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ट ब्याट्वुमन र बलर घोषित हुँदै १० हजार नगद प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment