+
+

निशानामा डन: सबै डनलाई हिरासतमा राख्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २७ गते ६:११


२७ वैशाख, काठमाडौं । निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले चक्रे मिलनलाई महाराजगन्जस्थित उनको निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि आइतबार दीपक मनाङलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनाङेलाई सोमबार पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।

काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुन्डा नाइकेहरुलाई पक्राउ गरिएको जानकारी दिए

पहिलो चरणको स्थानीय निर्वाचन हुन एक साताअघि प्रहरीले गुन्डा नाइके पक्राउ गर्न थालेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?