+
+

आचारसंहिता विपरित स्वास्थ्य चौकी र गाविस भवनमा चुनावी सभा

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ वैशाख २७ गते १८:५८


२७ बैशाख, पोखरा । स्वास्थ्यमन्त्री गगन थापा सहभागी एक कार्यक्रममा आचारसंहिता उलंघन भएको आरोप लागेको छ । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री थापा सहभागी भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोटमा मंगलबार आयोजित कार्यक्रममा आचारसंहिता उलंघन भएको आरोप लागेको हो ।

निर्वाचन आचारसंहिता अनुसार सरकारी कार्यालय प्रांगणमा कार्यक्रम गर्न पाइँदैन । तर मन्त्री थापा सहभागी कांग्रेसको कोणसभा कास्कीकोटको स्वास्थ्य चौकीमा आयोजना गरिएको हो । स्वास्थ्य चौकीकै प्रांगणमा रहेको गाविस कार्यालयसमेत प्रयोग गरेर कोणसभा गरिएको भन्दै एमालेले भने विरोध गरेको छ ।


बहालवाला मन्त्री पार्टीको प्रचारप्रसार तथा चुनावी सभामा सहभागी हुन निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद-३ ले निषेध गरेपनि स्वास्थ्य मन्त्री थापा २ दिन पोखरामा हुने चुनावी अभियानमा सहभागी भएर बुधबार काठमाडौं फर्किसकेका छन् ।

यद्यपी कांग्रेसले भने मन्त्री थापा व्यक्तिगत खर्चमा आएर चुनावी अभियानमा सहभागी भएकाले आचारसंहिता उलंघन नभएको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?