Comments Add Comment

झापामा ५ किलो चरेससहित एक पक्राउ

२८ वैशाख, झापा । झापामा प्रहरीले पाँच किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

धादिङ, गजुरी गाउँपालिका-४, किरान चौर घर भई हाल काठमाडौंको बालाजुमा डेरी सञ्चालन गरी बस्दै आएका ३८ वर्षीय सिंहबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्तामोड-१ स्थित पश्चिम बस स्टेण्डबाट विहीबार दिउँसो उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी केशव थेबेले जानकारी दिए ।

उनलाई लागुऔषध नियन्त्रण व्युरो, काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोसाकमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment