+
+

फेसबुकले बनाउँदैछ नयाँ सफ्टवेयर, मान्छेले जस्तै सोँचेर अनुवाद गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते १०:५२


सोसल नेटवर्किङ साइट फेसबुकले विश्वका आफ्ना प्रयोगकर्ताका लागि भाषाको बन्देज तोड्ने अभियानमा जुटेको छ र यसका लागि मानिसले सामान्य बोलिचालीमा प्रयोग गर्ने जस्तै भाषाको सटिक अनुवादको सुविधा दिने तयारी गरिरहेको छ ।

यद्यपि फेसबुकले मात्र एक प्रोटोटाइप तयार गरेको छ तर उसको दाबी छ की उसले अन्य ट्रान्सलेटर सफ्टवेयरको तुलनामा नौ गुणासम्म तिव्र गतिमा अनुवाद गर्न सक्षम छ ।

फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्समा काम गर्ने इन्जिनियर डेभिड ग्रेंगिएरले भनेका छन्ः हामीले एउटा यस्तो ट्रान्सलेटर सफ्टवेयर निर्माणमा काम गरिरहेका छौँ जुन फेसबुकमा हुने सामान्य बोलिचालीको भाषाको अनुवादमा कामयावी होस् । आमरुपमा किताबमा लेखिएका कुरा र सामान्य बोलिचालीका कुराहरुको अनुवाद गर्नु फरक कुरा हो ।’

फेसबुकमा अनुवादको नयाँ प्रविधि अहिले पनि शोधकै चरणमा छ । तथापि यससँग सम्बन्धित शोधकर्ताहरुको विश्वास छ की यो छिटै सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

यो अनुवाद सफ्टवेयर यस्तो प्रकारले तयार गरिँदैछ की कुनैपनि वाक्यको अनुवाद गर्नुअघि उसले त्यो वाक्यलाई उसैगरी बुझ्नेछ जसरी मानिसको मस्तिष्कले बुझ्दछ ।

फेसबुकको यो सफ्टवेयरले कुन कुन भाषाहरुमा अनुवाद गर्नेछ भन्ने कुरा चाहीँ अहिले स्पष्ट भैसकेको छैन ।

विद्यमान अवस्थामा गुगल तथा अन्य प्लेटर्फमहरुमा समेत एक भाषाबाट अर्को भाषामा अनुवादको सुविधा रहेको छ । तर यस्तो अनुवाद कहिलेकाहीँ विश्वासमा खासै खरो उत्रिन सक्दैन र धेरै त्रुटीहरु रहने गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?