+
+

राष्ट्रपति भण्डारी थाइल्याण्ड प्रस्थान, उतैबाट श्रीलंका जाने

स्थानीय चुनावमा अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते ११:१९

२९ बैशाख, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी शुक्रबार थाइल्यान्ड प्रस्थान गरेकी छन् । उनी थाइल्याण्ड हुँदै श्रीलंका जाने छिन् ।

राष्ट्रपति भण्डारी बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।

सवारी मन्त्रीको रुपमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ प्रस्थान गरेका छन् ।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

बैंककमा रहँदा राष्ट्रपति भण्डारीले स्वर्गीय थाई राजा भूमिबल अब्दुल्यादेजको पार्थिव शरीरमा माल्र्यापण गर्दै श्रद्धाञ्जली व्यक्तगर्नेछिन् । थाई राजा भूमिबलको गत वर्ष असोज २७ गते निधन भएको थियो । उनको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ ।
बैंककपछि राष्ट्रपति श्रीलंका जानेछिन् । राष्ट्रपति भण्डारीले श्रीलंकाली समकक्षी मैत्रिपाला शिरिसेनासँग भेटवार्ता गर्नेछिन् ।

पाँचदिने भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

स्थानीय चुनावको बेला राष्ट्रपति भण्डारी विदेश भ्रमणमा रहने भएकाले २० वर्षपछि हुन लागेको स्थानीय तहको ऐतिहासिक चुनावमा मतदान गर्ने अवसर उनले गुमाउनेछिन् ।

तस्वीर: विकाश श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?