Comments Add Comment

छसयभन्दा बढी मुक्त हलिया परिवार पुनःस्थापना

२९ वैशाख, कञ्चनपुर । कञ्चनपुरका परिचयपत्र पाएका एक हजार ४९७ मुक्त हलिया परिवारमध्ये ६२१ परिवार मात्रै पुनःस्थापना भएका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अनुसार आव २०७२÷७३ मा २७८ र चालु आवको हालसम्म ३४३ परिवार गरी ६२१ परिवार मुक्त हलियाको जग्गा खरिद, घर निर्माण र घर मर्मत गरी पुनःस्थापना गरिएको छ ।

लगतमा समावेश भएका दुई हजार ५१६ मुक्त हलियामध्ये एक हजार ४९७ जनाले मात्रै परिचयपत्र पाएका छन् । लगतमा समावेश भएका परिचयपत्र पाउन नसकेका मुक्त हलियाको सङ्ख्या एक हजार १९ रहेको समाजका अध्यक्ष शिवी लुहारले बताए ।

हलिया पुनःस्थापनाको कार्यलाई दु्रतगतिमा अगाडि नबढाउँदा धेरै परिवारको अवस्था निकै कष्टकर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment