+
+

ओप्पो आर ९ एस स्मार्टफोन बन्यो विश्वमै सर्वाधिक लोकप्रिय मोडल

विश्व बजारमा सर्वाधिक बिक्री हुन सफल

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते १६:१३

२८ बैशाख,काठमाडौं । सन् २०१७ को पहिलो त्रैमासमा सर्वाधिक बिक्री हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ ।

तर, सोच विपरित यसपटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च र्फम स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदनअनुसार यस पटक सर्वाधिक बिक्री हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ ।

प्रतिवेदन अनुसार ८९ लाख प्रति फोन विक्रिका साथ ओप्पो सन् २०१७को पहिलो त्रैमासमा सर्वाधिक लोकपि्रय फोनका रुपमा स्थापित हुन सफल भएको छ ।

रिसर्च र्फम स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन विक्रिका साथ एप्पलको आइफोन ७ सर्वाधिक विक्रि हुन सफल स्मार्टफोन रहेको थियो । १ करोड ७४ लाख प्रति विक्रिका साथ दोस्रो स्थानमा आइफोनकै सेवेन प्लस रहेको थियो ।

उक्त त्रैमासमा ओप्पोको आर९एस तेस्रो स्थानमा रहेको थियो भने चौथो स्थानमा सामसुङका मिड रेञ्ज फोनहरु ग्यालेक्सी जेथ्री ६१ लाख प्रतिका साथ चौंथौ र ग्यालेकसी जे फाइभ ५० लाख प्रतिका साथ पाँचौँ स्थानमा रहेको थियो ।

स्ट्राटिजी एनालिटिक्सका अनुसार ओप्पो चिनिया बजारमा निकै लोकप्रिय रहेको छ । साथै, भारतिय बजारमा ओप्पोको बढ्दो विक्रिले मिड रेञ्ज ओप्पो आर९एसको विक्रिमा उल्लेख्य बृद्धि ल्याउन प्रत्यक्ष रुपमा सघाएको छ ।

यसैगरी सन् २०१६ मा ग्यालेकसी जे ३ र जे ५को उच्च बिक्री हुँदा ग्यालेक्सी नोट सेभेन ‘रिकल’का कारण भएको क्षति न्यूनिकरणमा समेत सहयोग पुगेको सम्भावना बारेपनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समग्रमा प्रतिवेदनले सन् २०१७को पहिलो त्रैमासमा वैश्विक बजारमा ३५ करोड ३३ लाख फोन ढुवानी गरिएको दावी गरेको छ ।
पछिल्लो बर्षको सोही समयमा भएको ३३ करोड ३१ लाख फोन ढुवानीको तुलनामा यो ६ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?