+
+

अस्पतालमा स्वयंसेवी नर्स राख्न नपाइने, मन्त्री थापाले भने- उचित पारिश्रमिक माग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते १८:३६

२९ बैशाख, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले विना तलव स्वयंसेवी नर्स राख्ने अस्पतालहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा सो चेतावनी दिएका हुन् ।

मन्त्रालयले नर्सहरुको अवस्थाबारे अध्ययन गर्न नर्सिङ काउन्सिलकी सदस्य गोमा निरौलाको संयोजकत्वमा ‘नर्सिङ सुधार समिति’ गठन गरेको थियो । समितिको प्रतिवेदनमा नर्सहरुलाई कतै न्युन तलव र कतै स्वयंसेवीको रुपमा काम गर्न लगाइएको उल्लेख थियो ।

कार्यक्रममा मन्त्री थापाले भने, ‘यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला निकाय सबैलाई पत्राचार गरिसकेको छ । अब हामी अनुगमन र कार्यान्वयनको चरणमा छौं । यदि कसैले यी कुरालाई कार्यान्वयन नगरेको तथा नर्सहरुको श्रम शोषण गरेको पाइएमा नियम अनुसार कारवाही गर्न मन्त्रालय पछि पर्ने छैन ।’

त्यही प्रतिवेदनको आधारमा मन्त्रालयले एकपटक गल्ती गर्नेलाई नसिहत दिएर छोड्ने तथा पटक-पटक गल्ती गर्नेलाई कडा कारवाही गरिने जनाएकेा छ ।

सम्बन्धित अस्पतालहरुसित आफूले गरेको श्रमको उचित पारिश्रमिक माग गर्नसमेत मन्त्री थापाले सबै नर्सहरुलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?