+
+

साम्राज्ञीका नयाँ हिरोको कस्तो क्रेज, पाँच तारेमा भेट्दा रोए यूवती फ्यान(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २९ गते १८:५९


दर्जनौ चलचित्र वा भिडियोमा काम गर्दा पनि कलाकारलाई क्रेज बनाउन गाह्रो छ । बाटोमा हिड्दा पनि धेरै कलाकारलाई दर्शकले वास्ता गर्दैनन् ।

तर, नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका एक नव-नायकको क्रेज देखेर भने तपाई छक्क पर्नुहुनेछ । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट चलचित्र क्षेत्रमा डेब्यू गर्न लागेको धिरज मगर एक चर्चित ब्लगर हुन् ।

याक एन्ड यतिमा यसरी घेरिएका थिए धिरज, भिडियो यहाँ हेर्नुहोस्ः


आज काठमाण्डौको पाँच तारे होटल याक एन्ड यतीमा आयोजना भएको चलचित्रको घोषणा कार्यक्रममा उनको क्रेज खुबै देखियो । जब उनले आफ्नो फेसबुक पेजबाट आफू याक एन्ड यतीमा रहेको जानकारी दिए, उनलाई भेट्न सय बढी यूवती होटलमा पुगे । होटल परिसरमा मिडियासँग कुराकानी गरिरहेका धिरजलाई यूवतीहरुले घेरे । उनलाई भेट्ने वित्तिकै धेरै यूवती रोए । १३ देखि १८ बर्षसम्मका यूवतीहरु उनलाई भेट्न याक एन्ड यती नै पुगेका थिए ।

उनलाई भेटेपछि यूवती फ्यानहरुले केक काटे । यसपछि, उनलाई विभिन्न गिफ्ट दिए । उनीसँग तस्बिर खिचाए र अटोग्राफ मागे । धिरजले पनि सबैलाई पालैपालो अटोग्राफ दिए । धिरजसँग यूवतीहरु छुट्न नै मानेका थिएनन् ।
साच्चै, चलचित्र क्षेत्रमा नआउँदै उनको यस्तो क्रेज देखिएको छ । चलचित्रमा यदि उनले उत्कृष्ट काम गरे भने उनको फ्यान क्रेज अझ कस्तो होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?