Comments Add Comment

दोलखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

जिल्ला निर्वाचन अधिकारी भन्छन्- स्थिति सामान्य भइसक्यो

३१ बैशाख, दोलखा। दोलखाका बिभिन्न मतदान केन्द्रहरुमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि तनाव सिर्जना भएको छ । गैरीमुदी, झुले, विगुको आलम्पु लगायतका स्थानमा तनाव सिर्जना भएको हो ।

दोलखाका जिल्ला निर्वाचन अधिकारी सच्युतराज उप्रेतीले भने अहिले स्थिति सामान्य भएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘सुरुमा दलहरुको प्रतिस्पर्धाले केही असहज स्थिति भएको थियो तर, अहिले दोलखाका सबै १७८ वटै स्थानको अवस्था सामान्य भइसकेको छ ।’

दोलखाको विगु मतदान केन्द्रका निर्वाचन अधिकृत अपहरित भएको हल्ला फैलिए पनि जिल्ला निर्वाचन अधिकारी उप्रेतीले भने त्यो सत्य नभएको अनलाइनखबरलाई बताए । उनले भने, ‘त्यो कुरा होइन । उहाँसँग म नियमित सम्पर्कमा छु । अपहरणमा परेको भनेर सामाचार आएपछि पनि टेलिफोनमा मेरो कुराकानी भएको छ ।’

गैरीमुदी मतदान केन्द्र कांग्रेसले कब्जा गरेको एमाले कार्यकर्ताहरुले आरोप लगाएका छन् । गौरीशंकर गाउँपालिकामा एमाले कार्यकर्ताले कुटपिट गर्दा कांग्रेसका चारजना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment