Comments Add Comment

जनप्रतिनिधि बन्ने रहर बुढेसकालमा पूरा, ८६ वर्षीया चन्द्रमाया वडा सदस्यमा निर्वाचित

२ जेठ, धादिङ । धादिङको थाक्रे गाउँपालिकाकी ८६ वर्षीया चन्द्रमाया विश्वकर्मा वडा नम्बर ५ को वडा सदस्यमा निर्वाचित भएकी छिन् ।

उनी एमालेका तर्फबाट दलित महिला सदस्य पदमा ४ सय ९५ मत ल्याई विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माआवादी केन्द्रकी सविना विकले ४ सय ७३ मत ल्याएकी थिइन् ।

जनप्रतिनिधि भएर समाजका लागि केही गर्ने उनको रहर बुढेसकालमा पूरा भएको छ । ८६ वर्षको उमेरमा जनताको सेवा गर्ने भावनावाट प्रेरित भएर उम्मेदवारी दिएपछि चन्द्रमाया जिल्लामै चर्चाको पात्र बनेकी थिइन् ।

यसअघि मंगलबार नै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी वडा नम्बर १ बाट  विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment