+
+

भक्तपुर अपडेट: यस्तो छ अहिलेसम्मको मतपरिणाम

भरतबन्धु थापा भरतबन्धु थापा
२०७४ जेठ ३ गते ११:१४

३ जेठ, भक्तपुर । भक्तपुर जिल्लाका चार वटा नगरपालिकामध्ये ३ नगरपालिकामा मतगणना जारी छ भने चाँगुनारायण नगरपालिकामा मतगणना हुन सकेको छैन ।

चाँगुनारायण नगरपालिकाको नगरकोट मतदान केन्द्रको ख नम्बर बुथमा भएको मतपत्रको विवाद आएपछि मत गणना हुन सकेको थिएन । विवाद समाधान नभएपछि आज यहाँ पुनः मतदान भइरहेको छ । यो बुथको मतदान सकिएपछि मात्रै यहाँको मतगणना सुरु हुने बताइएको छ ।

अहिलेसम्मको मतगणनालाई हेर्दा भक्तपुर नगरपालिकाको वडा नम्बर १ मा नेमकिपाका श्यामकृष्ण खत्रीको प्यानल र वडा नम्बर २ मा नेमकिपाकै हरिप्रसाद बासुकलाको प्यानलले विजयी हासिल गरेको छ ।

मध्यपुरथिमी नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका सुरज खड्काको प्यानल विजयी भएको छ । वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसकै राम थापा मगर विजयी भएका छन् । एक महिला सदस्यमा एमालेले जित हासिल गरेको छ भने एमाले तर्फबाट दलित महिला सदस्य अम्बिका रजत निर्विरोध भएकी थिइन् ।

उता, सूर्यविनायक नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमालेका सानुकाजी कायस्थसहितको प्यानलले जितेको छ ।

नगरपालिकाको मेयरतर्फ जारी गणना अनुसार सूर्यविनायक र मध्यपुर थिमीमा कांग्रेस र भक्तपुर नगरपालिकामा नेमकिपा अग्रस्थानमा रहेको छ ।

सूर्यविनायकमा कांग्रेसका विष्णुराज कार्कीले २ हजार १ सय ९ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार कल्पना राजथलाले १ हजार ६ सय १३ मत ल्याएकी छिन् । यस्तै, मेयरमा एमालेका वासुदेव थापाले २ हजार ७६ र उपमेयरमा जुना बस्नेतले २ हजार ३ सय ६८ मत ल्याएकी छन् । राप्रपाका मेयर प्रविण ढुंगेलले ४ सय ४० र उपमेयर जयन्ती महतले ५ सय ६६ मत ल्याएकी छिन् ।

मध्यपुर थिमीको मेयर पदमा कांग्रेसका अष्ट कबें  २ हजार ३ सय ४० मतसहित अगाडि छन् भने उपमेयरमा अञ्जना मधिकर्मीले २ हजार २ सय ८९ मत ल्याएकी छिन् ।

एमालेबाट मेयरमा मदन सुन्दर श्रेष्ठले १ हजार ८ सय १३ र उपमेयरमा नेमकिपाका केदार खड्काले १ हजार ३५ मत ल्याएका छन् ।  मध्यपुर थिमीमा एमाले र नेमकिपाले तालमेल गरेका छन् ।

मध्यपुर थिमीमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । सो दलका मेयरका उम्मेदवार सुचित्रा श्रेष्ठ १ सय १ मत र उपमेयरमा बालकृष्ण जुगुले १ सय ४३ मत ल्याएकी छिन् ।

भक्तपुर नगरपालिकामा भने मेयरमा नेमकिपा अग्रस्थानमा छ । नेमकिपाका सुनील प्रजापतिले ६ हजार ४ सय २७ र उपमेयर रजनी जोशीले ६ हजार १ सय ८ मत ल्याएका छन् । यस्तै, कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ६ सय ३७ र उपमेयरमा गंगालक्ष्मी अवालले ३ हजार ३ सय ९६ मत ल्याएका छन् ।

लेखकको बारेमा
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?