Comments Add Comment

पोखराका ७ वडाको नतिजाः ३ मा कांग्रेस, २ मा एमाले विजयी

४ जेठ,पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको ७ वटा वडाको मतगणना सम्पन्न भएको छ । वडा नम्बर १, २, ३, ४, ६, ७ र ८ को मत गणना सम्पन्न भएको हो । वडा नम्बर ५ को मतगणना सम्पन्न भएपनि विवाद भएपछि पुनः मतगणना गर्ने तयारी गरिएको छ ।

हालसम्म गणना भएका वडाहरुमा ३ वटा वडामा कांग्रेसले प्यानल जितेको छ भने २ वटा वडामा एमालेले प्यानल जितेको छ । अन्य २ वटा वडामा भने मिश्रति परिणाम आएको छ ।

नेपाली कांग्रेसले वडा नम्बर २, ३ र ४ मा प्यानल जितेको हो भने एमालेले वडा नम्बर १ र ७ मा प्यानल जितेको हो । वडा नम्बर ६ मा कांग्रेसले वडाध्यक्ष जितेको छ भने अन्य सबै सदस्य एमालेले जितेको छ । त्यस्तै वडा नम्बर ८ मा एमालेले वडा अध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्य जितेको छ भने खुल्ला २ सदस्य कांग्रेसले जितेको छ ।

यसैबीच, वडा नम्बर ६ को वडाध्यक्षमा कांग्रेसका जगत पहारी बिजयी भएका छन् । सदस्यमा भने सबै एमालेका उम्मेद्वार बिजयी भएका छन् । बिजयी पहारीले १ हजार ४ सय ६४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमकुमार श्रेष्ठले १ हजार ३ सय ४९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका पुष्पा पहारी, दलित महिला सदस्यमा राममाया विश्वकर्मा तथा खुल्ला सदस्यमा विष्णुबहादुर भट्टराई र हरिकृष्ण पहारी बिजयी भए ।

वडा नम्बर ७ को वडाध्यक्षमा रामचन्द्र बरालसहित एमालेको प्यानल बिजयी भएको छ । बिजयी बरालले १ हजार २ सय १२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र बस्ताकोटीले १ हजार १ सय ११ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै प्रभा पन्त, दलित महिला सदस्यमा सुकमाया नेपाली तथा खुल्ला सदस्यमा दिनबन्धु पौडेल र किशोर बराल बिजयी भए ।

वडा नम्बर ८ मा नेकपा एमालेका रुद्रनाथ वराल वडाध्यक्षमा बिजयी भएका छन् । बिजयी वरालले १ हजार ८ सय ३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शारदा गिरीले १ हजार ६ सय ३३ मत प्राप्त गरिन् । महिला सदस्यमा एमालेकी किरण गौतम, दलित महिला सदस्यमा लक्ष्मी कौशल बिजयी भईन् भने खुल्ला सदस्यमा कांग्रेसका कृष्णमान ठुसाजु र पष्पराज सिग्देल बिजयी भए ।

यसअघि वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । २ हजार ४ सय ४३ मत सदर भएको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १ मा एमालेका शारदा पराजुली १ हजार १ सय १३ मत प्राप्त गर्दै बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टंकप्रसाद शर्माले ७ सय ९६ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी प्रेमकुमारी शाही, दलित महिला सदस्यमा प्रेमदेवी परियार तथा खुल्ला सदस्यमा रुद्रप्रसाद सुबेदी -च्वाईं) र सहारा प्रधान बिजयी भएका छन् ।

वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । १ हजार ७ सय ४६ मतदाता रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा कांग्रेसका रामेश्वर मल्लले नेकपा एमालेका दिनानाथ सुबेदीलाई ३ सय ७१ मतले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । बिजेता मल्लले ९ सय ३४ मत प्राप्त गरे भने पराजित एमालेका सुबेदीले ५ सय ६३ मत प्राप्त गरे । म्ाहिला सदस्यमा कांग्रेसका गोमा सुबेदी, दलित महिला सदस्यमा सुनिता विश्वकर्मा तथा खुल्ला सदस्यमा प्रमोद पराजुली र गौतम बिजुक्छे बिजयी भए ।

वडा नम्बर ३ को वडाध्यक्षमा रबिन्द्रबहादुर प्रजुसहितको कांग्रेसको प्यानल बिजयी भएको हो । बिजयी प्रजुले ९६३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शशीधर पराजुलीले ६४८ मत प्राप्त गरे । म्ाहिला सदस्यमा नेपाली कांग्रेसका लक्ष्मी पराजुली, दलित महिला सदस्यमा सबि परियार तथा खुल्ला सदस्यमा रविन कायस्थ र जितेन्द्र कायस्थ बिजयी भए ।

वडा नम्बर ४ को वडाध्यक्षमा शंकरप्रसाद बास्तोलासहितको कांग्रेस प्यानल बिजयी भएको छ । बिजयी बास्तोलाले ८१७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद पराजुली (ढाकामोहन) ले ६३२ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसकी सरिता पराजुली र दलितम महिला सदस्यमा विष्णुमाया परियार तथा खुल्ला सदस्यमा सुवर्ण केसी र पुस्करबहादुर श्रेष्ठ बिजयी भए ।

वडा नम्बर ५ मा एमालेले प्यानलै जितेपनि कुल मतमा १ सय मत नपुगेपछि पुनः मतगणना गर्ने निर्णय भएको छ । सो वडाको मत गणना अब शुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment