Comments Add Comment

‘कमलेको बिहे’मा ‘कमले’ नै अनुपस्थित, यस्ती थिइन् ‘चमेली’


अनुप विक्रम शाही, सन्ध्या केसी, विनोद न्यौपाने, इशान ढकाल, दिपक पहाडी, रेसु तामाङ, किरण लाकौलको मुख्य भूमिका रहेको चलचित्र ‘कमलेको बिहे’को ट्रेलर, फस्टलुक र एउटा गीत सार्वजनिक गरिएको छ ।

काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार, प्राविधिक र निर्माणपक्षको उपस्थितीमा प्रदर्शन मिति तय नगरिएको चलचित्रको प्रचार सामाग्री बजारमा ल्याइएको हो ।

‘स्वर’ डेब्यू निर्देशक प्रसन्न पौडेल निर्देशित यो चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही देखिएका छन् । तर, चलचित्रको पहिलो पत्रकार सम्मेलनमा उनी नै उपस्थित थिएनन् । अनुप आउँदै गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएपनि कार्यक्रमको पुरा अवधी उनी हलमा आइपुगेनन् । यो चलचित्रमा अनुपको विल्कुल भिन्न गेटअप देख्न सकिन्छ ।
चलचित्रमा ‘चमेली’को भूमिकामा देखिएकी नव-नायिका सन्ध्या केसी भने पत्रकार सम्मेलनमा उपस्थित थिइन् । चलचित्रमा साधारण यूवतीको भूमिकामा देखिएकी सन्ध्या कार्यक्रममा भने बोल्ड अवतारमा पुगेकी थिइन् ।

चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर पाण्डेको छायांकन, सम्राट बस्नेतको एक्सन, दिपकमान सिंहको कोरियोग्राफी, तारा थापाको सम्पादन छ । चलचित्रमा सरिता लामाको लगानी छ भने दिपक बिष्ट यसका कार्यकारी निर्माता हुन् । सुनिल बिष्ट र मिलन लामा चलचित्रका सह-निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment