Comments Add Comment

दुसित इन्टरनेशनलको व्यवस्थापनमा हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउने


५ जेठ, काठमाडौं । थाइल्याण्डको दुसित इन्टरनेशनल र नेपाली कम्पनी ओम स्टोन एशिया क्यापिटल नेपाल मिलेर दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएका छन् । दुसितले व्यवस्थापन गर्न लागेको यो पहिलो नेपाली रिसोर्ट हुनेछ ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट लगभग १ घण्टाको दुरीमा बन्ने यो रिसोर्टमा ४४ वटा गेष्ट रुम हुनेछन् भने २० वटा उच्चस्तरका भिलाहरु रहनेछन् । यी हरेक २० भिलाबाट हिमालयको दृश्यावलोकन गर्न सकिने छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रमा बन्ने रिसोर्टमा दुसितको ब्राण्डबाट परिचित देर्भना स्पाकै अवधारणबाट स्पान बनाइने भएको छ । रिसोर्टमा स्विमिङ पुल, अत्याधुनिक बार लबि लञ्ज जस्ता बिशेषता रहनेछ ।

रिसोर्टबाट काभ्रेपलाञ्चोकको नमोबुद्ध पुग्न कारमा बढिमा १० किनेट लाग्ने छ भने काभ्रेको सदरमुकामबाट पनि नजिकै रहने छ । काठमाडौंदेखि धुलिखेलसम्मको राजमार्ग स्तरोन्नतीको चरणमा रहेकोले निकट भविष्यमा काठमाडौंमा रिसोर्ट पुग्न ४५ मिनेट मात्र लाग्ने अपेक्षा छ ।

‘विश्वस्तरमा हामीले दिइरहेको आफ्नोे प्रतिबद्धता अनुसारको ब्राण्डिङ नेपालमा सञ्चालनमा आउने रिसोर्टमा पनि कायम राख्ने छौं,’ दुसित इन्टरनेशनल समूहकी प्रमुख कार्यकारी अधिकृत सुपाजी सुथुमपुमले भनिन ।

ओमस्टोनका विष्णु मोरले दुषितसँगको यो सम्झौता व्यवसायिक सम्बन्ध मात्र नभई दुई उस्तै विश्वास र मान्यता बोकेका कम्पनीहरुबीचको आत्मिय समन्वय भएको बताए ।

‘नेपालको लागि केही सकारात्मक र अर्थपूर्ण काम गर्ने हाम्रो प्रयासमा सुरु भएको यो समन्वयले नेपाल र नेपाल बोहकका अन्य क्षेत्रमा समेत अवसरको खोजी गर्न सहयोग पुग्ने अपेक्षा लिएको छु,’ मोरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment