+
+
Shares

लमजुङको क्लो सोथार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते १४:५९
गाउँपालिकामा निर्वाचित अध्यक्ष प्रेमबहादुर घले

५ जेठ, लमजुङ । लमजुङको क्लो सोथार गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ ।

गाउँपालिका प्रमुखमा एमालेका प्रेमबहादुर घले ३ हजार १ सय ४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनाथ गुरुङ ले १ हजार ९ सय मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि एमालेकै कुमारी गुरुङ विजयी भइन् । उनले ३ हजार ३ सय ११ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले १ हजार ७ सय ४७ मत प्राप्त गरिन् ।

अध्यक्षमा निर्वाचित घले पर्यटकीय स्थल घलेगाउँ गाविसका पूर्व अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?