+
+

सुरक्षाकर्मीलाई भत्तामा विभेद, प्रहरीलाई कम, सेनालाई धेरै

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते ८:०७

६ ६ जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचन सुरक्षामा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीले पाउने विशेष भत्तामा विभेद देखिएको छ ।

निर्वाचनमा खटिएका सबै तहका सुरक्षाकर्मीलाई समान सुविधा उपलब्ध गराउने भनिए पनि सेना, प्रहरी र सशस्त्रले पाउने भत्ता तह र ठाउँ अनुसार फरक–फरक छ ।
प्रहरी प्रधान कार्यालयले प्रत्येक कर्मचारीका लागि खाजा भत्ता र दैनिक भत्ता गरी सात दिनको ५ सयका दरले ३ हजार ५ सय दिएको छ । दुई चरणमा हुने स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी र नेपाली सेनालाई भने ११ हजार दिएको छ । नेपाल प्रहरीका करिब ४५ हजार कर्मचारी, सशस्त्रका करिब ३२ हजार र सेनाका २५ हजार निर्वाचन सुरक्षामा तैनाथ छन् ।

सुगम–दुर्गम र जिम्मेवारीअनुसार, सैनिक जनशक्तिलाई ७ हजारदेखि १० हजार रुपैयाँसम्म भत्ता उपलब्ध गराउने तयारी सेनाको छ । नेपाल प्रहरीका एक कर्मचारीका अनुसार, कम्तीमा ६ हजार दिने भनिएको भए पनि सात दिनको भन्दै ३ हजार ५ सय मात्रै दिने निर्णयले सरकारी विभेद देखिएके एक प्रहरी कर्मचारीले बताए । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?