Comments Add Comment

एमालेले भन्यो-चुनावमा धाँधली भयो, संसदीय छानबिन होस्

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पहिलो चरणको स्थानीय चुनावमा धाँदली भएको दाबी गरेको छ । साथै उसले यसको छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेको छ ।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्यायी कमिटीको बैठकले विभिन्न स्थानमा सत्तारुढ दलहरुबाटै अराजनीतिक गतिविधि र धाँदली भएको ठहर गरेको छ । त्यसबारे छानविन गर्न र दोषीलाई कारबाही गर्न तत्काल संसदीय समिति गठन गर्नु पर्ने एमालेको माग छ ।

एमालेले संविधान संशोधन र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिन र चुनावको वातावरण बनाउन माग गरेको छ ।

उम्मेदवार छान्न निर्देशन

एमालेले दोस्रो चरणको चुनावको तयारी पनि तीव्र बनाएको छ । तत्काल उम्मेदवार छनोट गरी सिफारिस गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिइएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment