+
+

सलमानदेखि अमिताभसम्म कसरी पिउँछन् ग्रीन टी ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ६ गते २३:१०

अधिकांश बलिउड सेलिब्रेटी नियमित व्यायाम गर्छन् । डाइट चार्ट अनुसार भोजन गर्छन् । सुत्ने र उठ्ने तालिकामा समेत एकरुपता ल्याउन खोज्छन् । स्वास्थ्य र सौन्दर्यका लागि उनीहरु अनुशासित दिनचर्या पच्छ्याउँछन् । त्यही कारण त सबैजसो नियमित ग्रीन टी  पिउने गरेका छन् । त्यसमध्ये कोहि नास्तापछि त को रातमा ग्रीन टी  पिउने गर्छन् ।

सलमान खान


अमिताभ बच्चन
उनी नियमित ग्रीन टी  पिउँछन् । यसले आफ्नो आवाजमा फाइदा गरेको उनको अनुभव छ ।

उनी नास्ता र लन्चको बीचमा ग्रीन टी  पिउँछन् । उनलाई लाग्छ, यसमा रहेको एन्टिअक्सिडेन्टले बिरामी हुनबाट बचाउँछ ।

सोनाक्षी सिन्हा

उनी नास्ताको एक घण्टापछि ग्रीन टी  पिउछिन् । तौल कम गर्न र स्वस्थ्य छालाको लागि उनले ग्रीन टी  पिउने गरेकी हुन् ।

सोनम कपुर

उनी दिनको सुरुवाट नै ग्रीन टी बाट गर्छिन् । सोनमलाई लाग्छ, यसले आफ्नो तौल नियन्त्रण गरिरहेका छ ।

हेमा मालिनी

उनी नियमित ग्रीन टी  पिउने गर्छिन् । यसले छालालाई हाइड्रेड राख्छ भन्ने उनको अनुभव छ ।

बरुण धवन

बरुण राती खानापछि ग्रीन टी  पिउँछन् । यसले शरीरको इम्युनिटी पावर बढाउने उनको ठम्याई छ ।

ऐश्वर्य राय बच्चन

उनी दिनमा केहि पटक ग्रीन टी  पिउछिन् । स्लिम फिगरको लागि आफुले ग्रीन टी  पिउने गरेको ऐश्वर्यको भनाई छ ।

मलाईका अरोडा खान

मलाईका ग्रीन टी को सौखन हुन् । उसले आफ्नो छालाको चमक कायम राखेको उनको बुझाई छ ।

ग्रीन टी मा के पाइन्छ ?

–   ग्रीन टी  एन्टिअक्सिडेन्टको एकदमै राम्रो स्रोत हो । यो एन्टी अक्सिडेन्टल स्वास्थ्यका लागि एकदमै महत्वपूर्ण हुन्छ ।

–   ग्रीन टी मा यस्तो पोषक तत्व पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

–   यसमा एपिगलोकेटेशिन-३ गलेट पाइन्छ, जसले क्यान्सरको कोशिकालाई बढ्न दिदैन । रक्तचाप नियन्त्रण गर्नका साथै शरीरमा बोसो जम्न नदिन पनि यसको खास भूमिका हुन्छ ।

–   दीर्घ रोग, जस्तै उच्च रक्तचाप, मधुमेह नियन्त्रणका लागि एकदमै उपयोगी हो ग्रीन टी  ।

–   ग्रीन टी ले क्यान्सरको जोखिम २५ प्रतिशतसम्म कम गर्छ ।

–   शरीरको खराब कोलोस्टोर नियन्त्रणमा ग्रीन टी  लाभदायक हुन्छ ।

–   पाचन यन्त्रलाई तन्दुरुस्त राख्नदेखि छालालाई नरम र चम्किलो बनाउनसम्म ग्रीन टी  उपयोगी हुन्छ ।

–   तौल नियन्त्रणका लागि समेत ग्रीन टी  पिउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?