Comments Add Comment

स्वदेशी लघुवित्तको सेयर बाँडफाँट, जेठ १२ बाट रकम फिर्ता

७ जेठ, काठमाडौं । स्वदेशी लघुवित्त वित्तिय संस्थाको सेयर बाँडफाँट भएको छ । ५० कित्ता (५ हजार रुपैयाँ) देखि १ हजार १ सय २० कित्ता (१ लाख १२ हजार रुपैयाँ) सेयरको लागि आवेदन दिएकाहरुमा गोलाप्रथाबाट छनौंट गरिएको छ । यसरी गोलप्रथामा पर्नेले १० कित्ताको दरका सेयर पाएका छन् ।

१ हजार १ सय ३० (१ लाख १३ हजार रुपैयाँ) देखि १ हजार ५ सय (१ लाख ५० हजार रुपैयाँ) को माग गर्नेले ०.८३५ प्रतिशतको दरमा सेयर समानुपातिकको दरमा वितरण भयो । १ हजार ५ सय कित्ताको लागि आवेदन दिनेले पनि १२ कित्ताको दरमा सेयर समानुपातिक रुपमा वितरण गरिएको हो ।

कुल ९० हजार ८ सय १६ मध्ये २५ हजार ३० आवेदकले सेयर पाएका हुन् । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार जेठ १२ गतेबाट रकम फिर्ता दिन थालिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment