Comments Add Comment

धनी परिवारले दावी गरेपछि जनता आवासको छनोट प्रक्रिया स्थगन


८ जेठ, बैतडी । जिल्लामा सञ्चालित जनता आवास कार्यक्रमका लागि सहभागी छनोट प्रक्रिया स्थगन भएको छ । सो कार्यक्रमका लागि जिल्ला डिभिजन कार्यालयले सूचना प्रकाशित गरेर पनि तत्कालका लागि छनोट प्रक्रिया स्थगन भएको जनाएको हो ।

दलित समुदायका नागरिकका लागि ५०० वटा घर निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा लक्षित समुदायको भन्दा अरुको निवेदन परेको भन्ने जनगुनासो आएकाले तत्कालका लागि कार्यक्रमअन्तर्गतका क्रियाकलाप स्थगन गरिएको कार्यालयका प्रमुख प्रवीण शाहले बताए ।

जिल्लाका साविकका १३ वटा गाविस र दशरथचन्द नगरपालिका तथा पाटन नगरपालिकामा घर निर्माणका लागि आवेदन आह्वान गरिएको थियो । अहिले ८३५ जनाको आवेदन परेकामा छनोटमा परेका निवेदकहरुले आफ्नो घर नदेखाई अरुकै घर देखाएको भन्ने जनगुनासो आएकाले प्रक्रिया स्थगित भएको उहाँले बताए ।

कार्यालय प्रमुख शाहले भने– “जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा स्थानीय तहको चुनावपछि राजनीतिक दलका प्रतिनिधि, प्रहरी र प्राविधिकको टोलीमार्फत घरधुरी सर्वेक्षण गरेर कार्य अघि बढाइनेछ ।”

जिल्लाका साविकका तल्लादेही, डिलासैनी, महादेवस्थान, महारुद्र, आम्चोरा, शर्माली, न्वाली, विशालपुर, सित्तड, मेलौली, श्रीकोट र रुद्रेश्वरबाट जनता आवास कार्यक्रमअन्तर्गत आवेदन आह्वान गरिएको थियो । यसका साथै दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाट पनि आवेदन आह्वान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment