Comments Add Comment

ललितपुर महानगरको मतगणना सुरु, आजै परिणाम आउने

९ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाको मत गणना पुनः सुचारु भएको छ । सर्बदलीय बैठकमा एमाले बाहेकका दलहरुले मतगणना सुचारु गर्न सहमत भएका हुन् ।

एमालेले निर्वाचन आयोगमा उजुरी दिएपछि गणना स्थगित भएको थियो । एमालेका मेयर उम्मेदवार हरिकृष्ण ब्यन्जनकारले वडा नम्बर ४, ९ र २६ को मतगणनाको परिणाम जोड्ने क्रममा गणकले जालझेल गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

उनले तीन वडामा पुनः मतगणनाको माग गरेका छन् । मुख्य निर्वाचन अधिकृतले भने गणनामा विवादमा परेका कर्मचारी सुरेश थापालाई निश्कासन गरेपनि पुनः गणना नहुने बताएका छन् ।

ललितपुरमा अब २९ वडाको मात्र गणना हुन बाँकी छ । त्यहाा करिव १३ सय मत खसेको छ ।

अहिलेसम्म नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जन २१४ मतले अगाडि छ ।

मर्हजनले २४ हजार ३२८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ११४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment