११ जेठ, काठमाडौं । इंग्लिस टोली म्यान्चेस्टर युनाइटेडले सिजनको दोस्रो ठूलो ट्रफी जित्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले गएरातिको फाइनलमा डच टोली आयक्सलाई हराउँदै युरो लिगको उपाधि जितेको हो ।
म्यन्चेस्टरमा एक कन्सर्टको दौरान भएको आतंककारी हमलाको दुई दिन पछि म्यान्चेस्टर युनाइटेडले प्रशंसकलाई जितको खुसी दिलायो ।
१८औं मिनेटमा माइकल फेलिनीको पासमा पाउल पोग्वाले युनाइटेडलाई अग्रता दिँदा दोस्रो हाफको तेस्रो मिनेटमा स्मलिङको पासमा एमखितार्यनले गोल गर्दै मिटलाई दुई शून्य गोलको जित सुनिश्चित गराए । उनको युरोपा लिगमा छैटौं गोल हो ।
लिगको छैटौं स्थानमा रहँदै इंग्लिस पि्रमियर लिग सकाएको युनाइटेड युरोपा लिगको बिजेताको रुपमा च्याम्पियन्स लिगमा छनौट भएको छ ।
प्रतिक्रिया 4