Comments Add Comment

श्राद्धको खाना खाँदा १४ जना गम्भीर विरामी

बिरामीहरुको टेकु अस्पतालमा उपचार हुँदै

११ जेठ, काठमाडाैं । श्राद्धको खाना खाँदा धादिङ्गको आदमटार-६ का १४ जना गम्भीर विरामी भएका छन् ।

गम्भीर विरामी भएका १४ जनाकै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

ज्वरो, वान्ता, झाडापखला तथा पेट दुख्ने समस्या देखिएपछि उनीहरुलाई बुधवार बेलुकी ४ बजे अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार गरिएको थियो । मंगलबार श्राद्धको खाना खाए पश्चात्त उनीहरु विरामी परेका थिए । विरामी पर्नेमा १० महिला र चार पुरुष रहेका छन् ।

अस्पतालका निर्देशक डा.रमेश कुमार खरेलका अनुसार भर्ना गरिएका सबैलाई अस्पतालले ग्यास्ट्रो वार्डमा राखी फुड प्वाइजनिङ्ग अन्तर्गत उपचार गरिरहेको छ । उनीहरुहरु सबैको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment