+
+

धाँदली भए नभएको छानविन गर्न संसदीय विशेष समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १३ गते १५:५९

१३ जेठ, काठमाडौं । व्यवस्थापिका संसदले बैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्न संसदीय विशेष समिति गठन गरेको छ ।

शनिबार बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकले पाँच सदस्यीय ‘स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानविन विशेष समिति’ गठन गरेको हो । समितिले तीन महिना भित्र स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गरी सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्नुपर्ने छ ।

छानविन समितिमा नेपाली कांग्रेसबाट सांसद अर्जुनप्रसाद जोशी, नेकपा एमालेबाट राजेन्ऽप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीबाट डा. सुवोध कुमार पोखरेल सदस्य रहेका छन् ।

प्रमुख तीन दलबीच भएको सहमति अनुसार नै छानविन समिति गठन भएको हो । संसदको अवरोध हटाउने क्रममा प्रमुख दलहरुबीच छानविन समिति गठन लगायतको सहमति भएको थियो ।

सहमति अनुसार एमालेले संसदको अवरोध हटायो । साथै नेकपा माओवादी केन्ऽका प्रमुख सचेतक टेकबहादुर बस्नेतले स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठनको प्रस्ताव पेश गरे, जसलाई संसद बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा धाँधली भएको भन्दै छानविनका लागि संसदीय विशेष समिति गठन गर्नुपर्ने माग गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?