+
+

भरतुपरमा देवीको अग्रता कायमै, कति छ मतान्तर ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १३ गते २३:०१

१३ जेठ, चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरमा एमालेका उम्मेलवार देवी ज्ञवालीले अग्रता कायमै राखेका छन् ।

शनिबार राति पौने ११ बजेसम्मको मतगणना अनुसार देवीले ३८ हजार ७८० मत पाएका छन् । उनलाई माओवादीकी रेणु दाहालले पछ्याइरहेकी छन् । कांग्रेसको समेत समर्थन पाएकी उनले ३७ हजार ३७० मत पाएकी छन् र अझै १ हजार ४१० मतले पछि परेकी छन् ।

तेस्रो स्थानमा राप्रपाका उम्मेदवार छन् । उनले ६ हजार २३८ मत पाएका छन् ।

उपमेयरतर्फ भने कांग्रेस उम्मेदार पार्वती शाह जित उन्मुख छिन् । उनले ४१ हृजार २४१ मत पाएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी दिब्य आचार्यले ३५ हजार ४३९ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?