जेठ १५, काठमाडौं । सप्तकोशी बिकास बैंकले १ सय ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकको हकप्रद सेयर जारीपछि चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैंकको निर्देशन अनुसार तीन जिल्ला कार्य क्षेत्र रहेका यी कम्पनीहरुले असारसम्ममा चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
बैंकको सेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । यसले समग्र अवस्थाको आधारमा कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ ।
सकारात्मक पक्ष
बिगत दुई वर्षमा कर्जा लगानी वृद्धि ६९ प्रतिशत
खुद ब्याज मार्जिन ६.६५ प्रतिशत
सम्पत्तीमा प्रतिफलमा २ प्रतिशत र नेटवर्थमा प्रतिफल १६ प्रतिशत
जोखिक भारित सम्पत्तीको तुलनामा पुँजी १५.६५ प्रतिशत
नकारात्मक पक्ष
उच्च भौगोलिक केन्द्रिकृत (१ जिल्लामा ७० प्रतिशत व्यवसाय)
सम्पत्तीको आधार ९९ करोड
केही समयअघि सञ्चालकहरुमा देखिएको अवरोधले व्यवसाय वृद्धिमा असर परेको
खराब कर्जाको दर बढेर १.३८ प्रतिशत, भुक्तानी बाँकी सावा तथा कर्जा ५ प्रतिशत (रेकर्ड देखाउने सिस्टम अभावले भनिएको छ)
उच्च सञ्चालन लागत ( औसत कुल सम्पत्तीको ४ प्रतिशत)
कम लागतको निक्षेपमो हिस्सा मध्यम (क्षेत्रको ५१ प्रतिशत बैंकको ४८ प्रतिशत)
अन्य जानकारी
बैंक सन् २०१२ देखि सञ्चालनमा
८ शाखा सञ्चालनमा
संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व संरचना ६०ः४०
प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी
एक लगानीकर्ताको अधिकत्तम ७.८० प्रतिशत
क्षेत्रको तुलनामा निक्षेप हिस्सा ०.३० प्रतिशत र कर्जाको हिस्सा ०.२९ प्रतिशत