+
+
Shares

भैरहवामा राप्रपाको चुनावी एजेण्डाः प्रत्येक वडामा अन्नपूर्ण भोजनालय,२५ रुपैयाँमै भोजन

सलमान खान सलमान खान
२०७४ जेठ १६ गते १८:१३

१६ जेठ, भैरहवा । पहिलो चरणको चुनावमा नराम्रो पराजय भोगेको चौथो ठूलो दल राप्रपाले सिद्धार्थनगर नगरपालिका जित्न आकर्षक चुनावी एजेण्डा अघि सारेको छ । जसमा २५ रुपैयामा भोजनदेखि भैरहवालाई बन्द मुक्त नगर बनाउनेसम्मका एजेण्डा छन् ।

राप्रपाले सिद्धार्थनगरको मेयरमा सागरप्रताप राणालाई अघि सारेको छ । राणा २०५४ सालमा पनि एमालेको समर्थनमा मेयर निर्वाचित भएका थिए । यसपटक एमालेले यसअघिनै हरि अधिकारीलाई मेयरको उम्मेदवार तय गरेको छ । अधिकारी राणा मेयर हुँदा उपमेयर थिए ।

राप्रपाले चुनावी प्रचारप्रसारको क्रममा आफ्नो ४३ बुँदे चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ ।

राप्रपा जिल्ला कार्यसमिती रुपन्देहीले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो चुनावी संकल्प सार्वजनिक गरेको हो ।

राप्रपाले भैरहवाले नगरको विकास निर्माण, २५ रुपैयाँमा भोजनको व्यवस्था गर्नेदेखि भैरहवालाई (सिद्धार्थनगर नगरपालिका) बन्द रहित बनाउनेसम्म संकल्प गरेको छ ।

उसले संकल्प पत्रको बुँदा नम्बर ३९ मा ‘एक घर एक रोजगार’ तथा ‘भोजनाको अधिकार’ योजनाको स्थापना हुने जनाएको छ । २ वर्ष भित्रमा हरेक वडामा ‘अन्नपूर्ण भोजनालय’ को स्थापना गरी २५ रुपैयाँमा भोजनको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

साथै बुँदा नम्बर २३ मा नगरका सबै वर्ग, सामुदाय, जातजाति भाषा-भाषी बिचमा शान्ति, मेलमिलाप, एकता र सदभावको लागि आवश्यक निर्माण गरी भैरहवालाई ‘बन्द रहित नगर’ बनाउने प्रयास गर्ने उल्लेख गरेको छ ।

त्यस्तै राप्रपाले लोडसेडिङ अन्तय गर्नका लागि उज्यालो सिद्धार्थनगर कार्यक्रम संचालन गर्ने जनाएको छ । नगरपालिकामा टोल फ्री नम्बरको स्थापना गरी उक्त नम्बरमा दर्ता गराइएको गुनासो तथा उजुरीमाथि २४ घण्टा भित्र कार्यवाही गर्ने, नगरवासीहरुको स्वास्थ्य विमा, जीवन वीमा संकल्प गरेको छ ।

यस्तै नगरको १३ वटै वडामा वडा क्लिनिक स्थापना गर्ने र यस क्लिनिकबाट उपचार गराउने विरामीको दर्ता शुल्क नगरपालिकाको ब्यहोर्ने आश्वासन राप्रपाले दिएको छ । भैरहवामा राप्रपा नेता दीपक बोहोरोले निर्वाचन जितेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?