News Summary
Generated by OK AI. Editorially reviewed.- भैरहवाबाट सवारी दुर्घटनाका घाइते बोकेर काठमाडौं आउँदै गरेको हेलिकप्टर मौसम खराबीपछि धादिङको गजुरी गाउँपालिका–५ मा आकस्मिक अवतरण भएको छ।
- जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वडा कार्यालय छेउमा सुरक्षासहित अवतरण गरिएको हेलिकप्टर मौसम सुधार भएपछि पुनः काठमाडौं पठाइनेछ।
३ भदौ, काठमाडौं । भैरहवाबाट सवारी दुर्घटनामा परेका घाइते बोकेर काठमाडौंतर्फ आइरहेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय छेउमा सुरक्षासहित हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।
सो क्षेत्रको मौसममा खराबी भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ ।
हेलिकप्टरमा सवारी दुर्घटनाबाट घाइते भएका बिरामीलाई काठमाडौं ल्याइँदै थियो ।
मौसम सुधार भएपछि हेलिकप्टर पुन: काठमाडौंतर्फ नै पठाइने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4