Comments Add Comment

हिरोसिमाका एनआएएनए अध्यक्षले दिए कास्की ट्राफिकलाई ब्रेथलाइजर


१६ जेठ, पोखरा । जापानको हिरोसिमाका एनआरएन अध्यक्ष रवि गैह्रेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई २ थान अत्याधुनिक ब्रेथलाइजर र ७ थान ट्राफिक ज्याकेट सहयोग गरेका छन् ।

चितवन घर भई जापानको हिरोसिमामा रेष्टुरेण्ट ब्यबसाय गर्दै आएका अध्यक्ष गैह्रेले पोखरा आएर सो सामग्री सहयोग स्वरुप प्रदान गरेका हुन् ।

पोखराको वडा प्रहरी कार्यालय बैदामका इन्सपेक्टर मोहनमणि अधिकारी जापान गएका बेला कास्कीको ट्राफिक ब्यबस्थापनमा के सहयोग गर्न सक्छु भनेर सोध्दा ब्रेथलाईजर र ज्याकेट दिदा उपयुक्त हुने सुझाव दिए अनुसार आफूले सहयोग गरेको गैह्रेले बताए ।

गैह्रेले प्रदान गरेको ब्रेथलाइजर अत्याधुनिक भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका निमित्त इञ्चार्ज सई शिव थापाले बताए ।

उनका अनुसार यो ब्रेथलाइजरले मुख भन्दा टाढै राखेर फुक्दा पनि मादक पदार्थ सेवन गरे/नगरेको जानकारी दिने र अल्कोहलको मात्रा कति छ भन्ने पनि थाहा दिन्छ ।

मादक पदार्थ सेवन गरेपनि नगरेको भनेर जिकिर गर्नेहरुका लागि यो ब्रेथलाइजर उपयोगि हुने थापाको भनाइ छ ।

यसअघिका ३ वटा ब्रेथलाइजर प्रयोग भइरहेको भएपनि कहिलेकाँही काम नगर्दा बेलाबेला विवाद भइरहेकाले यो अत्याधुनिक ब्रेथलाइजरले त्यस्ता समस्या समाधान गर्ने उनको विश्वास लिइएको छ ।

साथै नर्मल ब्रेथलाइजरमा नजिकै लगेर हाककक गर्दा सास गनाउने समस्या र रोग सर्ने समस्या भएपनि यसमा त्यस्तो समस्या नआउने उनले बताए ।

गैह्रेले दिएको ब्रेथलाइजरको मूल्य प्रति गोटा १५ हजार नेपाली रुपैयाँ र ज्याकेटको मूल्य प्रति ज्याकेट ३ हजार ५ सय पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment