+
+

सहारा साँझका लागि हङकङ जाने कलाकारलाई बिदाई गरियो

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ जेठ १६ गते १९:१७
पोखराबाट विदाई गरिएको कलाकार टोली । तस्वीर: उमेश पुन/अनलाइनखबर

१६ जेठ, पोखरा । पोखराको सहारा एकेडेमीको सहयोगार्थ सहारा हङकङको आयोजनामा हङकङमा हुने सहारा साँझमा सहभागी हुने कलाकारको टोलीलाई एक कार्यक्रम गरी पोखराबाट बिदाई गरिएको छ ।

सहारा क्लव पोखराले मंगलबार एक कार्यक्रम गरी टोलीलाई शुभयात्राको कामनासहित बिदाई गरेको हो ।

कार्यक्रममा सहारा क्लवका बरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विक्रम थकाली, मानार्थ सदस्य प्रकाश शेरचन, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले अवीर र खादा लगाएर बिदाई गरेका थिए ।

टोलीमा सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्यसहित गायक जयकुमार परियार, दृष्टिविहिन सरिता अधिकारी, प्रिया गुरुङ लगायतका छन् ।

त्यस्तै काठमाडौंबाट सुगम पोखरेल, समृद्धी राई र बाल कलाकार बेगेन्द्र बुढा पनि सहारा साँझका लागि जाँदैछन् ।

पोखराबाट बिदाई गरिएको टोली बुधबार विहान पोखराबाट प्रस्थान गर्नेछन् भने विहीबार काठमाडौंबाट हङकङ प्रस्थान गर्नेछन् ।

विहीबारै बेलुका हङकङ पुग्ने टोलीले आइतबार हङकङमा हुने कार्यक्रममा प्रस्तुती दिने बताइएको छ ।

सहारा साँझबाट संकलित रकम सहारा एकेडेमी र भूकम्पले भत्काएको सिन्धुपाल्चोकको हैबुङ माविको भवन निर्माणका लागि सहयोग गरिने आयोजक सहारा हङकङका अध्यक्ष दिपक गुरुङले हङकङबाट जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?