+
+

सप्तरीमा एमालेले नौ स्थानीय तहमा उम्मेदवार टुंग्यायो, कांग्रेस छलफलमा

एस.के. शान एस.के. शान
२०७४ जेठ १७ गते १३:५१

१७ जेठ, सप्तरी । नेकपा एमाले सप्तरीले जिल्लाको ९ वटा स्थानीय तहमा उम्मेदवार छनोट गरेको छ । नेपाली कांग्रस भने उम्मेदवार छनोटको अन्तिम चरणमा प्रवेश गरेको छ ।

एमालेले पाँच नगरपालिका र चार गाउँपालिकामा उम्मेदवार छनोट गरेको छ । बाँकी स्थानीय तहमा पनि उम्मेदवार छनोटको काम अन्तिम चरणमा पुगिसकेको र केहि दिनभित्रै निर्णय हुने जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले बताए ।

एमालेले कंचनरुप नगरपालिकाको मेयरमा बसन्त मिश्रा र उपमेयरमा आसरा चौधरीलाई उम्मेदवार बनाएको छ ।

सप्तकोशी नगरपालिकाको मेयरमा उत्तम गौतम र उपमेयरमा आशा चौधरी, हनुमाननगर-कंकालिनीमाई नगरपालिकाको मेयरमा शोभितलाल यादव र उपमेयरमा अरुणा पैकरा, बोदे बर्साइन नगरपालिकाको मेयरमा कमाल अहमद र उपमेयरमा सपनादेवी सदा, शम्भुनाथ नगरपालिकाको मेयरमा जितेन्द्र गुप्ता र उपमेयरमा शोभा चौधरीलाई उम्मेदवार बनाएको छ ।

एमालेले कृष्णसवरन गाउँपालिकाको अध्यक्षमा बद्री नारायण चौधरी र उपाध्यक्षमा शैलेन्द्री चौधरी, महदेवा गाउँपालिकाको अध्यक्षमा राजाराम यादव र उपाध्यक्षमा कमलादेवी यादव, बिसनपुर गाउँपालिकाको अध्यक्षमा अशोक यादव र उपाध्यक्षमा सुनिता देवी राम, तिरहुत गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र लगरबार र उपाध्यक्षमा कविता शर्मालाई उम्मेदबार बनाएको छ ।

एमालेले केहि स्थानीय तहमा एक जना उम्मेदवार मात्रै छनोट गरेको छ । खडग नगरपालिकाको मेयरमा शत्रुद्यन प्रसाद साह, सुरुङ्गा नगरपालिकाको मेयरका लागि रामनारायण चौधरी, रुपनी गाउँपालिकाको उपाध्यक्षमा अन्जु कुमारी चौधरी र डाक्नेश्वरी नगरपालिकाको उपमेयरमा नितु चौधरीलाई चयन गरिएको छ ।

कांग्रेस अन्तिम चरणको छलफलमा

कांग्रेस, सप्तरीले भने उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस सभापति दिनेश यादवले केहि दिनभित्रै उम्मेदबारको टुँगो लागिसक्ने बताए ।

उनले स्थानीय तहहरुमा दुईदेखि तीन जनासम्मको नाम आएको बताउँदै अब चाँडै निष्कर्षमा पुगिने बताए ।

कांग्रेसको तर्फबाट चुनाव लड्ने उम्मेदवारहरुमा कंचनरुप नगरपालिकाबाट मेयर पदमा १ नम्बर क्षेत्रिय सभापति ललन गुप्ता र निरु पोखरेलको नाम अगाडि आएको छ ।

सप्तकोशी नगरपालिकामा अशोक चौधरी र उमेश बस्नेत, शम्भुनाथ नगरपालिकामा कांग्रेसका पूर्व जिल्ला सचिव सबुरलाल साह, दिनेश चौधरी र योगेन्द्र चौधरी, खड्ग नगरपालिकामा ५ नम्बर क्षेत्रिय सभापति किरण भगत, सिताराम साह र नवीता चौधरीमध्ये एक जनालाई मेयर पदको टिकट दिइने कांग्रेसले जनाएको छ ।

हनुमाननगर-कंकालिनी नगरपालिकामा आठ जनाले उम्मेदबारी दावी गरेका छन् । उमेश मिश्र, महेन्द्र यादव, मुरली खिडहरी, बिनोद माझी, बिसुनदेव यादवले मेयर पदमा उम्मेदबारी दावी गरेका हुन् ।

सुरुङ्गा नगरपालिकामा सदरुल हक, राजकुमार न्यौपाने, उल्फत, मुक्ति चौधरी, डाक्नेश्वरी नगरपालिकामा नारायण यादव, मस्तकिम, भगवती यादव र चन्द्रकान्त चौधरी तथा सदरमुकाम राजविराज नगरपालिकाको मेयरका लागि ३ नम्बर क्षेत्रिय सभापति महानन्द यादव, नगर सभापति शम्भुलाल यादव, युवा नेता इर्साद अन्सारी र श्याम नारायण यादव, बोदे बर्साइन नगरपालिकामा जितेन्द्र कुमार यादव, शत्रुद्यन यादव र रामबल्लभ साह मेयर पदको आकांक्षी देखिएका छन् ।

तिरहुत गाउँपालिकाको अध्यक्षमा देवनारायण गोइत र पिन्टु यादव, कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा पर्शुराम यादव, रुपनी गाउँपालिकाको अध्यक्षमा रामनारायण इसर र सुगम्बर यादव, छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा मिश्रीलाल यादव कुलानन्द यादव, परमानन्द यादव र ओमप्रकाश मण्डल आकांक्षी देखिएका छन् ।

यस्तै बिष्णुपुर गाउँपालिकाको अध्यक्षमा लिलाम्बर यादव र सुरेन्द्र यादव, महदेवा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र मण्डल र सनत मण्डल तथा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्षमा नित्यानन्द सिंह, अमीर झा र राजीव सिंह आकांक्षी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?