+
+

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार समिति अध्यक्षमा मिश्र नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २०:१२

२५ माघ, काठमाडौं । सरकारले सप्तरीको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति अध्यक्षमा परशुराम मिश्रलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले समितिको गठन आदेश, २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरीको साबिक नगरासिश्र्वा–१० बसेका मिश्रलाई नियक्ति दिने निर्णय गरेको हो ।

बैठकले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

यसैगरी गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?