+
+

जब क्यामेरा अगाडि खितिति हाँस्न थाल्यो वनघोडा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १८ गते १४:१६

घटना अफ्रिकाको हो । एकजना अमेरिकी पर्यटक केन्याको सफारी पार्कमा छुट्टी मनाउन गएका थिए । उनी जंगल सफारीका क्रममा देखिएका सबै वन्यजन्तुहरुको फोटो खिचिरहेका थिए । त्यसक्रममा उनले एकैठाउँमा जम्मा भएका चारवटा जेब्रा देखे ।

ती पर्यटक क्यामरा लिएर उक्त जेब्राको समूह नजिक पुगे । उनी जब जेब्राको नजिक पुगेर क्यामरा तेर्साए र हाँस्न भने, तब एउटा जेब्रा ङच्िच दाँत देखाएर हास्न थाल्यो ।

त्यो तस्वीर देख्दा सायद तपाइले पनि हासो थाम्न सक्नुहुन्न । तर तस्वीर हेर्दा यो प्रश्न उठ्छ की के साँच्ची फोटोग्राफरले ‘स्माइल’ भनेपछि मात्र जेब्रा हास्न सुरु गरेको हो त ?

अमेरिकाको पेन्सिल्भेनियाका ४६ वषर्ीय लिंक्लन ह्यारिसले हाँसिरहेको जेब्राको फोटो खिचेका हुन् । आफ्नो लागि यो सबैभन्दा अनौठो अनुभव भएको र आफूले पहिलोपटक हासिरहेको जनावरको फोटो खिचेको उनी बताउँछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?