+
+

‘सडकमा जेब्रा क्रसिङ देखिँदैन, सरकार पैसा मात्रै देख्छ’

पैदलयात्रु भन्छन्-'जेब्रा क्रसिङ हैन, सरकार हरायो'

श्रीधर पौडेल श्रीधर पौडेल
२०७४ जेठ १८ गते १६:५६


१८ जेठ, काठमाडौं । हेटौंडाबाट विदेश जान मेडिकल गर्न काठमाडौं आएका उद्देश्य पोखरेल केशरमहल चोकमा बाटो काट्दा अल्मलिए । सडकमा मेटिएको जेब्रा क्रसिङ उनले देखेनन्, तर, बाटो काट्न जम्मा भएको भीडले मात्रै अड्कल काटेको उनले बताए ।

‘म त लैनचाौरचोकमा पुगेर फर्किन माथितिर लागिसकेको थिएँ । जेब्रा क्रसिङ नै देखिएन’ पोखरेलले भने, ‘कहाँ जेब्रा क्रसिङ छ/छैन नै पत्तो नै छैन । यहाँ पनि मेटिएछ, सरकारले देख्ने गरीचाहिने जति ठाउँमा जेब्रा क्रसिङ राख्नुपर्ने हो । ‘

काठमाडौंमा अहिले जेब्रा क्रसिङबाट बाटो नकाटे २ सय रुपैयाँ जरिवाना तिनुपर्छ । २ दिनअघिबाट लागू भएको यो नियमको जतिले स्वागत गरेका छन्, त्योभन्दा बढी आलोचना भइरहेको छ ।

यो नियमले सडक सुरक्षामा सहयोग पुर्‍याएपनि यात्रुलाई सास्ती भने भएको छ । विशेष गरी काठमाडौंका धेरै सडकमा आवश्यक स्थानमा पनि जेब्रा क्रसिङ राखिएका छैनन् ।

धेरैजसो जेब्रा क्रसिङ त स्पष्ट रुपमा नदेखिने गरी मेटिएका छन् । यसले पैदलयात्रुलाई समस्या मात्रै भएको छ ।

गौशालामा भेटिएकी एक महिलाले जेब्रा क्रसिङ गतिलो गरी पेन्ट नगरेको भन्दै गुनासो गरिन् ।


‘पैसा उठाउने नियम लगाएपछि त कि देख्ने गरी यो लाइन काट्नुपर्‍यो नि !’ उनले आक्रोस पोख्दै भनिन् ‘हाम्रा आँखाले जेब्रा क्रसिङ देख्दैन । ट्राफिकले यही भएर जताततै पैसा मात्रै देख्छ । रोडको जेब्रा क्रसिङ हैन,  हाम्रो सरकार हराएको हो । काम  गर्नेबेलामा हराएपनि राजश्व उठाउने बेला जसरी चाँही अाइपुग्छ ! ‘

विभिन्न मूल सडकहरुमै जेब्रा क्रसिङ नहुँदा वारिबाट पारी पुग्न १/१ किलोमिटर हिँड्नुपर्ने वा ट्राफिक प्रहरीको आँखा छलेर बाटो काट्नुपर्ने अवस्था देखिएको छ ।

भएका ठाउँमा पनि क्रसिङहरु मेटिएका कारण काठमाडौंमा बाटो काट्दा यात्रु अलमलमा पर्ने गरेको देखिएको छ ।  पैदलयात्रुले जेब्रा क्रसिङ राम्रोसँग रेखांकन गरी ट्राफिकले नियम लादेको आरोप लगाएका छन् । जेब्रा क्रसिङको रेखाङ्कन र पेन्टिङको काम सडक विभागले गर्छ ।


ट्राफिक प्रहरीले भने पैदलयात्रुको सुरक्षाकै लागि नियम ल्याइएकाले यसले सडक सुरक्षामा ठूलो महत्व राख्ने बताएको छ ।
तर, समाजिक सञ्जालहरुमा सर्वसाधारणले भने आवश्यक पूर्वाधार नै नबनाइ ल्याइएको नियमले सासती मात्रै दिएको बताएका छन् ।

काठमाडौंमा सडकमा जेब्रा क्रसिङको अवस्था कस्तो छ भन्ने बुझ्न हामीलेे खिचेको फोटो नै काफी छ ।

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?