Comments Add Comment

कामना विकासको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत


१९ जेठ, काठमाडौं । कामना बिकास बैंकको १० बराबर ३ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।
बैंकले २४ लाख कित्ता सेयर जारी गरेर २४ करोड रुपैयाँ जुटाउन लागेको हो ।

बैंकको सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । बैंकले सेवा बिकास बैंकसँग मर्जरको प्रक्रिया समेत अगाडी बढाएको छ । बैंकले ५ जेठमा बिशेष साधारण सभा डाकेको छ ।

यी दुवै बैंकको सेयर स्वाप रेसियो १ बराबर १ रहने गरि प्रस्ताव गरिएको छ । यी दुई बैंक मर्जर भएमा पुँजी १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । हाल कामना बिकास बैंकको चुक्ता पुँजी ८० करोड र सेवा बिकास बैैंकको पुँजी ९४ करोड रहेको छ ।

कामनाको हकप्रदपछि चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । मर्जर भएमा बैंकको नाम कामना सेवा बिकास बैंक रहने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment