+
+

करेन्ट लागेर कैलालीमा म्यादी प्रहरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १९ गते १३:२०

१९ जेठ, कैलाली । कैलालीको हसुलियामा कार्यरत म्यादी प्रहरीको गएराति करेन्ट लागेर मृत्यु भएको छ ।

कैलारी गाउँपालिका-६ सुर्मिनालाका ३१ वर्षीय म्यादी प्रहरी अशोक चौधरीको गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बडैपुरबाट मोटरसाइकलमा उदासीपुर तर्फ जाँदै गर्दा बढैपुरको जंगलमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए ।

मोटरसाईकलमा सवार गौरीगंगा नगरपालिका-१० बस्ने अन्दाजी १८ वर्षीया कविता चौधरी घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय हसुलियामा म्यादी प्रहरीका रुपमा कार्यरत मृतक अशोक चौधरीसहित बिहीबार राति कैलारी गाउँपालिका-९ गदरियाका गुड्डु राना, गौरीगंगा नगरपालिका १० की ममता चौधरी र कविता चौधरी संगै मसुरिया बजार गएको र र्फकने क्रममा जंगलको बाटोमा शिकारीले थापेको करेन्टको पासोमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रहरी नायव उपरीक्षक बुढाले अनुसन्धानका लागि तीनै जनालाई नियन्त्रणमा लिएको बताए ।

मृतक चौधरी बिबाहित हुन । उनको श्रीमति र २ जना दाजुभाई तथा आमाबुवा रहेको प्रहरीले जानकारी दिएको छ । मृतक चौधरीको शव पोष्टमार्टमका लागि सेति अञ्चल अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?